पूर्व असईले गरे श्रीमतीको हत्या

धनघढी । नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई)ले श्रीमतीको हत्या गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका नरेन्द्र विष्टले श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् ।

शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।

विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।