काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको छ। आइतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए।