जनकपुरधाम । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपी पक्राउ परेका छन् ।
बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। र, उनी नेपाली सेनाका भगौडासमेत हुन् ।
२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको छ।