काठमाडौं । नेपाल बीमा प्राधिकरणले गलत तथ्यांक प्रकाशित गर्ने बीमा कम्पनीहरुमाथि निगरानी बढाएको छ। बीमा कम्पनीहरुको अडिटेड र अनअडिटेड रिर्पोटमा भिन्नता पाएपछि नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीमाथि निगरानी बढाएको हो ।
प्राधिकरणले अडिटेड र अनअडिटेड रिर्पोटमा १० प्रतिशतभन्दा फरक पाए कारवाही गर्ने तयारी प्राधिकरणले गरेको छ । बीमा कम्पनीहरूले अब लेखापरीक्षण भएको र नभएको वित्तीय विवरणमा फरक देखिए प्राधिकरणमा कारण खुलाएर पत्र पेश गनुपर्ने प्रावधान प्राधिकरणले ल्याएको छ ।
बीमा कम्पनीहरुको लेखापरीक्षण नभएको विवरण र लेखापरीक्षण भएको विवरणबीच धेरै अन्तर देखिन थालेपछि बीमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्रधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनसार लेखापरीक्षण भएको र नभएकोमा १० प्रतिशत रकम फरक देखिए मानसिव कारण खुलाउनुपर्ने प्राधिकरणको ले बताएका छन् ।
प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमको फरक देखिएमा सोको मनासिव कारण समेत खुलाउनुपर्ने छ । यस्तै, बाह्य लेखापरीक्षकको लङ फर्म अडिट रिपोर्ट पनि प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। साथै प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ।
वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुको वित्तिय सूचांकमा एकरुपता नदेखिएपछि प्राधिकरणले नै गणना विधि सहित बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
बीमा प्राधिकरणले वित्तिय सूचांक जीवन, निर्जिवन र जीवन बीमा कम्पनीहरुलाई नै प्राधिकरणले लागू गरेको निश्चित सूचांक र अनुपातमा गणना गर्न निर्देशन दिएको हो । जसमा प्रतिशेयर नेटवर्थ, खुद मुनाफा, एपीएस, बुक भ्यालु, लाभांश प्रतिशेयर, मार्केट प्राईस प्रतिशेयर, रेसियोदेखि कम्पनीको भ्यालुएसनसम्म उक्त विधि अन्तर्गत गणना गर्न निर्देशन दिएको छ।