पर्यटनमन्त्री पाण्डेले सांसद बजगाईं विरूद्ध हाले उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाईंविरूद्ध उजुरी गरेका छन् । बजगाईंले श्रृंखलाबद्ध रूपमा आफूविरूद्ध कूप्रचार गरेको भन्दै पाण्डेले उजुरी गरेका हुन्।

मन्त्री पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन्, भने सांसद बजगाईं पनि सोही पार्टीका नेता हुन् । मन्त्री पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका छन् ।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा क्षेत्र नम्बर १ बा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कूप्रचार गर्दै आएको पाण्डेले उल्लेख गरेका छन्।

पाण्डेले मन्त्री पदको सपथ लिएदेखि बजगाईंले आफूविरूद्ध श्रृंखलाबद्ध ढंगबाट कूप्रचार गरेको उजुरीमा उल्लेख गरेका छन्।

‘मन्त्रीको सपथग्रहण भएको मितिदेखि श्रृंखलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस÷रिसवतजस्ता गम्भीर आरोप लगाई कूप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउनेजस्ता कलुसित, अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पु¥याएको छ,’ उजुरीमा भनिएको छ।

बजगाईंले एक क्यासिनलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।