प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् ।
प्रधामन्त्री ओलीले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे । ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।
त्यस्तै, प्रधामन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमा संलग्नमाथि कारबाही गरिने समेत बताए ।






























