सभामुखले संसदीय समितिका सभापति र प्रमुख सचेतकसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै छन् ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

छलफल आज बिहान साढे ११ बजे हुने छ ।