काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको सेरेस ईभी अचानक जलेर खरानी भयो छ ।
सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१९०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको थियो। नेपालमा एमएडब्लु मोटर्सले आयात गरेको सेरेस थ्री मोडलको विद्युतीय गाडी कुन कम्पनि हो भन्ने चासो रहेको भएको छ ।
स्थानीयका अनुसार उक्त सेरेस थ्री मोडलको विद्युतीय गाडीको गाडीको स्वरुम अगाडी नै आगलागी भएको हो । नेपालमा भित्रिएका विद्युतिय गाडीहरु मध्ये सेरेस थ्री गाडी सबैभन्दा जोखिमपूर्ण रहेको सेवाग्राही प्रयोगकर्ताले बताउँदै छन् ।
सेरेस ब्राण्डको उक्त कारमा तार शर्ट भएर धुँवा निस्किएको कम्पनीले जनाएको छ । गाडीमा देखिने प्राविधिक समस्या अन्य ठााँमा समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको कम्पनीले जनाएको छ । ‘उक्त ईभ िगाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रेस नोटमा भनिएको छ ।































