गण्डकी। सहकारी रकम ठगी प्रकरणमा अनुसन्धानका प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका रविलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।
लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।