काठमाडौं । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ।
आइतबार बिहान निधन भएकमा मिश्रको बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको मिश्रका परिवारले जनाएका छन् ।
उनको आज दिउँसो १ बजे पशुपतिनाथमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।































