मन्त्रिपरिषद् बैठक : नयाँ मुख्य सचिव नियुक्ति हुने

काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै शुक्रवार९भोली० मात्रै अवकाशमा जान लाग्नुभएकी मुख्य सचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारी रहेको बताइएको छ ।

आजको मन्त्री परिषद् बैठकले रेडियो नेपालका लागि कार्यकारी निर्देशक तथा चलचित्र विकास वोर्डको अध्यक्षको नियुक्ती अुजे बुझिएको छ ।

हालकी मुख्य सचिव गडतौला ५८ वर्षे उमेर हदका कारण शुक्रवार राती १२ बजेदेखि अवकाशमा जाँदैछिन् । बिगत केही हप्तादेखि चलचित्र विकास वोर्डको अध्यक्ष र रेडियो नेपालका कार्यकारी निर्देशकको पदसमेत रिक्त छ ।