काठमाडौं । अमेरिकामा एकजना नेपाली युवतीको हत्या भएको छ।
टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।
शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। उनको घर भोजपुर हो। मुनाको शव पोस्टमर्टम गरी होस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।