भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ ।
आइजीपि गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । भन्सार नेतृत्वले सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा अवैध बस्तु नियनत्रण गर्दै आएको छ । भन्सारलाई राष्ट्रिय अनुसन्धान र प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन ।
लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
बुधबार आइजिपीको सम्बोधनमा पनि सेटिङ भत्काउने, वर्षौ एउटै युनिटमा रहने प्रहरीलाई लखेट्ने, प्रहरीसँगै परिवारको बैंक खाता चेक गर्ने, ट्राफिक प्रहरीको कार्यमा शंका रहेको समेतको भाषण गर्दे रोक्न निर्देशन गरेका थिए ।
विशेष सुचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउदै गर्दा नियन्त्रणमा लिईएको हो । ट्रक चालक शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार् मुल्य बराबरको चिनी र ट्रक को १९ लाख गरि १६ लाख ३० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद गरेको थियो ।