सेवाग्राहीसँग घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

हेटौँडा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत कोइरालाले औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँको चेक लिएको अवस्थामा भरतपुरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।