काठमाडौं। पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । पूर्व भूमिसुधार राज्यमन्त्री राय ८० वर्षका थिए ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।






























