Hotel Panchthar Nepco Media

मुकुललाई रास्वपाले गर्‍यो कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई कारबाही गरेको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।

ढकाल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका छन्। ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।