अरनिको राजमार्ग पुनः अवरुद्ध

काभ्रे। निरन्तरको वर्षाले अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा वर्षाको कारणले गर्दा हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् । बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।