जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप

बाँके । बाँकेस्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ। गएराति सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो।

झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तीमध्ये ५८ जना प्रहरी नियन्त्रणमा आइसेका छन् भने २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि सुधार गृहमा बस्दै आएका बालबालिकाहरूले आ(आफ्नो समूह बनाएका छन्। तीमध्ये चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडपले बृहत् रूप लिएको हो।