काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०ले समर्थन गर्ने भएको छ।
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीले जनाएको छ ।
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझ बैठक बसेर निर्णय गरिने जनाइएको छ।
जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।































