Hotel Panchthar Nepco Media

नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डको पहिलो संस्करण भब्य कार्यक्रमकाबीच सम्पन्न

काठमाडौं । नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को ग्राण्ड फिनाले तथा सांगीतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

‘नेपाली गीत, संगीत कर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच ‘चन्द्र सूर्य‘’ गीतबाट गायक हरि गोपाल प्रधानले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पार्न सफल भएका छन् भने सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रियशन प्रालिका सूर्यबहादुर मगरले पाएका छन् । ‘दशैं तिहार आउँदा’ गीतबाट गायिका सविना बुढा मगरले सर्वोत्कृष्ट चाडपर्व गीत तर्फको अवार्ड हात पार्न सफल भईन् ।

‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धन बहादुर दमाई ९दिपक लाखे०ले सर्वोत्कृष्ट अवार्ड पाए भने, सर्वोत्कृष्ट कस्टम डिजाईनरको अवार्ड जानकी थापा मगरले पाएकी छन् । सर्वोत्कृष्ट लोक विधातर्फ गायक नेत्र भण्डारीले ‘झरी‘’गीतमार्फत सवोत्कृष्ट गायकको अवार्ड जितेका छन् । खुकुरी रमको गीतबाट लक्ष्मी रेग्मीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् ।

यस्तै, रोम बहादुर श्रेष्ठ ९ओइ साईली०का लागि सवोत्कृष्ट नव गायक चुनिए भने ९भोक०गीतमार्फत सवोत्कृष्ट नव मोडलको अवार्ड स्पेश लामिछानेले जितेका छन् ।

चरी बासैँमा गीतबाट सर्वोत्कृष्ट महिला गायिकातर्फ कमला पोखरेलले पब्लिक च्वाईसको अवार्ड जित्दा फूल जस्तै लोकगीतबाट पुरुषतर्फको पब्लिक च्वाईस अवार्ड गायक दिप सागर थापाले हात पार्न सफल भए ।

पप विधातर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले जिते भने,गायक धुर्ब खनालले राष्ट्रिय भावको विधामार्फत जुरी अवार्ड सगै आधुनिक गीतको सर्वोत्कृष्ट शब्दमार्फत अवार्ड हात पार्न सफल भए। यस्तै, आधुनिक गीततर्फको सर्वोत्कृष्ट म्युजिकको अवार्ड थाहा छैन् गितका लागि निरज कुमारले हात पारे भने, आधुनिक गीततर्फ स्मारिका ढकाल ९धोकेवाजं–२०का लागि सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड हात पार्न सफल भईन्।

लाइभ दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘माली गाइलाई‘’बाट प्रकाश दुराले जिते भने तमान खोला लाइभ दोहोरी गायकको अर्वाड जगत बहादुर घर्तीले पाए, मेरो राजा बोलको तीज गीतबाट सर्वोत्कृष्ट महिला गायिका रिता रावतले अवार्ड जितेकी छन् । खुचिङ खुचिङ पपगीतबाट गायक योगेश पानले अर्वाड जित्दा भेरी र कर्णाली लोक गीततर्फ सर्वोत्कृष्ट शब्दको अवार्ड शक्ति चन्दले हात पारेका छन् ।

यसैगरी क्यारी हासम खै लोक गीततर्फ सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड शिवन पोखरेल र सकम्बरी लोक गीततर्फ सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड कुशुम शर्माले पाए ।

हुदैनकी हाम्रो भेट लोक गीततर्फ सर्वोत्कृष्ट जुरी अर्वाड बसन्त राज गौतमले पाए भने, बादल पारी पप विधाको जुरी अर्वाड गणेश कुँवरले हात पार्न सफल भए ।

सरकारी अड्डा गीतबाट पदम राईले सर्वोत्कृष्ट पुरुष गायक तर्फको अर्वाड जितेका छन् भने तिमीबिना आधुनिक गीतबाट आनन्द सिंहले पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भए । मोटर साईकल आधुनिक गीतबाट पब्लिक च्वाईस अवार्ड सुवास श्रेष्ठ प्रधानले पाए।

अनायासै आँधी चल्यो मार्फत सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड मिलन मोक्तानले पाए भने निरोज कुमारले झरनाको चिसो पानी आधुनिक गीतबाट जुरी अर्वाड हात पारे । युवराज छन्त्यालले गाँउको माया लोक गीतबाट पब्लिक च्वाईस अवार्ड पाउँदा ध्रुव खनालले मनैमा बस्ने राष्ट्रिय भावको गीतबाट पब्लिक च्वाईसको अर्वाड जित्न सफल भए ।

गीत संगीतका लोकप्रिय श्रष्टालाई पुरस्कृत तथा सम्मान गर्न पहिलो आयोजित ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएको र सुरुवाती संस्करणमै अवार्डले उचाई लिएको नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले समारोहमा बताए ।

नेपालको मौलिक कला संस्कृतलाई बचाइ राख्नको लागि नेप्को अर्वाडले ठूलो भूमिका राख्ने संघका अध्यक्ष मगरले जिकिर गरे । कम्पनी र संस्थाले अवार्डका कार्यक्रमहरू गर्न गाह्रो र खर्चिलो हुने भएकाले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुग्ने यस्ता अवार्ड कार्यक्रम राज्यले गर्नु पर्नेमा जोड उनले जोड दिए ।

नेपाल संगीत उद्योग संघका महासचिव तथा कार्यक्रका अध्यक्ष जीत बहादुर रावतले ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बताए ।

नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बर्द्धन, प्रवर्द्धनका साथै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरुमा क्रियाशिल रहेर यस क्षेत्रमा क्षेत्रमा योगदान पुऱ्याउने श्रष्टा, सर्जक, कलाकारलाई उच्च कदर गर्दै नेप्को इन्टरटेन्मेन्ट म्युजिक अर्वाड प्रदान गरिएको कार्यक्रमका अध्यक्ष रावतले बताए ।

नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को फाइनल अवार्ड कार्यक्रममा गायिका सर्मिला गुरुङलाई राष्ट्रिय गायिका सम्मान, ख्याम नारायण पौडेललाई राष्ट्रिय व्यवसायी सम्मान, कमला श्रेष्ठलाई राष्ट्रिय नारी उद्यमी सम्मान, प्रविण कला राईलाई राष्ट्रिय नारी उद्यमी सम्मान, होम गैरेलाई राष्ट्रिय नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड दर्शक गायक सम्मान, देवी हमाललाई राष्ट्रिय नारी उद्यमी सम्मान, डा। भोला रिजाललाई राष्ट्रिय श्रष्टा सम्मान, दिनेश मोक्तानलाई राष्ट्रिय व्यवसायी सम्मान, ईशा लोहागुन कौशललाई ध्वनी सम्मान, रोशनी रसाईलीलाई धन्यवाद सम्मान, सन्जिव बर्मासाखालाई आईटी सम्मान, पत्रकार उमेश विकलाई पत्रकारिता सम्मान, राज कार्कीलाई राष्ट्रिय व्यवसायी सम्मान, पूर्ण बहादुर खत्रीलाई राष्ट्रिय समाजसेवी सम्मान, प्रेम कुमार भारती, दिनेश मुस्कान,उत्साह घिमिरे , लक्ष्मन राज आचार्य लाई राष्ट्रिय श्रष्टा सम्मान, खड्ग वीर रावत, मुकेश कुमार चौधरी, तुल बहादुर थापा, आशिक लामा र केशवराज पाण्डेलाई राष्ट्रिय व्यवसायीक सम्मान तथा नेपाल एयर लायन्सलाई धन्यवाद पत्रसहितको सम्मान प्रदान गरिएको थियो ।

‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को फाइनल अवार्ड कार्यक्रमको प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले रहँदा कार्यक्रमको सभा अध्यक्षता नेप्को इन्टरटेन्मेन्ट म्युजिक कम्पनीका संचालक तथा नेपाल संगीत उद्योग संघका महासचिव जीत बहादुर रावत गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषदका सभापति हेमराज ढकाल विशिष्ट अतिथिको रुपमा कार्यक्रममा सरिक भए ।

अर्वाड वितरण कार्यक्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका उपाध्यक्ष होम गैरे, संगीतकार संघ नेपालका महासचिव बसन्त सापकोटा, नेपा उद्योग बाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, कमला श्रेष्ठ, शिव घिमिरे, अरनिकाराज भण्डारी, कलाकार, पत्रकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो ।