काठमाडौं । नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०मा सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रियशन प्रालिबाट सूर्य बहादुर मगरलाई प्रधान गरिएको छ ।
सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड पाएका मगर लामो समय देखि गीत संगीत क्षेत्रमा योगदान दिदै आएका छन् । मगर नेपाल संगीत उद्योग संघको अध्यक्षकाे जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
नेपाली गीत, संगीत कर्मीहरुको सम्मान हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो ।
गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमान्न्द झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक हरि गोपाल प्रधानले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पार्न सफल भए ।
गायिका सविनाबुढा मगरले सर्वोत्कृष्ट चाडपर्व गीततर्फको अवार्ड हात पार्न सफल भईन् ।‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धन बहादुर दमाई ९दिपक लाखे०ले सर्वोत्कृष्ट अवार्ड पाए भने, सर्वोत्कृष्ट कस्ट्युम डिजाईनरको अवार्ड जानकी थापा मगरले पाइन् ।
अर्वाड वितरण कार्यक्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका उपाध्यक्ष होम गैरे, संगीतकार संघ नेपालका महासचिव बसन्त सापकोटा, नेपा उद्योग बाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, कमला श्रेष्ठ, शिव घिमिरे, अरनिकाराज भण्डारी, कलाकार, पत्रकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो ।