सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै

काठमाडौं। सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करी प्रकरण छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलार्इ प्रतिबेदन बुझाउन लागेको हो ।

आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै छ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।