काठमाडौं। नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले बताए।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनेछन्। एमालेले आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने जनाइएको छ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था हाे ।