काठमाडौं । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
गोकुल बहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।
एनसेल खरिद-बिक्री प्रकरणमा, अदालतको आदेश यस्तो छ ।