अमेरिका पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख ठगि गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको टीकापुर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका २८ वर्षीय रमेश न्यौपाने पक्राउ परेका हुन्

उनलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पक्राउ गरेको हो ।

रमेशले गणेश अधिकारी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख तलव हुन्छ भन्र्दै विश्वासमा लिई पीडितहरुबाट ६४ लाख ४५ हजार रकम लिएर सम्पर्क विहीन भएका थिए।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।