काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार कार्यालयका अनुसार पक्राउ पर्नेमा मीनबहादुर घले र चन्द्र घले रहेका छन् ।
दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे ल्याएको १४ किलो सुनसहित पक्राउ गरिएको थियो।
उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार कार्यलयले जनाएको छ ।