छोराले आफ्नै बुबाको हत्या गरेपछि…

झापा। झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

कमल गाउँपालिका-४ का  भोलाकुमार तामाङलाई उनकै छोरा आशीष तामाङले कराई र दाउले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्याको कारण नखुले पनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुबाको हत्यापछि फरार रहेका आशीषलाई प्रहरीले पक्राउ गरेको छ ।