वैदेशिक रोजगार बिभागमा समस्या, सेवाग्राहीलाई सधै सास्ती

काठमाडौं  । वैदेशिक रोजगार विभाग सुचना प्रणाली (FEIMS) प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जाने सेवाग्राहीले सधै समस्या खेप्नु परेको छ ।

विभागले अनलाइन फारम भरेर श्रम स्वीकृति लिन टोकन प्रणाली मार्फत दिएको समय र मितिमा श्रम स्वीकृति पाउन सेवाग्राहीलाई कठिनाई भएको छ ।

मेनपावर व्यावसायि र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने कामदारहरू दुवै मार्कामा पर्ने गरेको सेवा लिन आएका बताउँछन् ।

सरकारी स्तरबाट समयमा प्राविधिक (FEIMS)को समस्या समाधानको लागि उदासीन बिभाग बन्दा हजारौं जनाको हवाई टिकट लिई सकेर उड्ने तयारीमा रहेका श्रमिकलाई सयमानै श्रम स्वीकृति नदिदा आर्थिक भार परेको , वैदेशिक रोजगारमा जान लाइन बस्न परेको गुनासो हामीलाई बताए ।

विगत तीन साता देखि (FEIMS)प्रणालीमा समस्या भएको थियो । श्रम स्वीकृति लिन आउने सेवाग्राहीको दबाबले अध्यागमनलाई पत्र पठाउन बाध्य भएको त्यहाँ आएका सेवाग्राहीले बताए ।

बिभागले एक सुचना जारी गर्दै अध्यागमन कार्यलयलाई उडानमा सहजीकरण गरिदिन पत्र काटेको छ ।