पाँच एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जनाले दर्ज्यानी चिन्ह पाएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो।

मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरको थियाे ।