Hotel Panchthar Nepco Media

युवा संघ र दुर्गा प्रसाईं समूहको आज छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् ।

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ, भने प्रसाईंले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ ।

युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।

यस्तै, प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चावहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ ।