चार केजी ७५० ग्रामको शिशु जन्मिएपछि…

बागलुङ​ । धौलागिरि अस्पतालमा चार केजी ७५० ग्रामको शिशु बच्चाको जन्म भएको छ।

बागलुङ जैमिनी नगरपालिका वडानं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन्।

अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपम उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।

अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।