काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्।
प्रतिष्पर्धी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
बद्री केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरे।
उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया), हेमराज शर्मा (युके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन्।
यसैगरी, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन्। महासचिवममा गौरीराज जोशी निर्वाचित भएका छन्।
संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए।
उपमहासचिवमा सोम सापकोटा १ हजार ७९० र प्रवीन गुरुङ २ हजार १५० मतसहित विजयी भए।
यस्तै, ६ सचिव पदमा भीम केसी कमल, डा। ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा। नवराज रोस्यारा, पारमणि पोखरेल र स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन्।
महिला सचिवमा टीका गुरुङ (राधिका) ९२३२०० विजयी भइन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् ।
सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना ९२०१५०, अभिमन्यु बस्नेत ९२०८१० र तिलकप्रसाद गैरे ९२२३२० मतसहित निर्वाचित भएका छन्।
यस्तै, महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् ।
अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन्।
संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन्।