Hotel Panchthar Nepco Media

खसीबोका र च्याङग्राको मूल्य घट्यो

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खसीबोका र च्याङ्ग्राको मूल्यमा थप छुट दिएको छ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको हो।

मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत मंगलबारबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको थियो।