Hotel Panchthar Nepco Media

प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्र पुग्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  सुदुरपश्चिम प्रदेशमा जाने भएमा छन्।

गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदुरपश्चिम प्रदेश जान लागेका हुन् ।

उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाइ आवाश्यक निर्देशन दिने छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघिनै निर्देशन दिइसकेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सबन्धित निकायहरूलाइ निर्देशन दिएका थिए ।