काठमाडौं। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठकले सर्वोच्च अदालतको यही २० गते रिक्त हुने प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो।
यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।