काठमाडौं। संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान ११ः११ बजे संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका थिए । आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा जवाफ दिने कार्यसूची रहेको छ ।