Hotel Panchthar Nepco Media

बालबालिकालाई श्रम नगराउन महानगरकाे आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बालबालिकालाई श्रम नगराउन आग्रह गरेको छ ।

कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनैपनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको हो ।

कानुनको उल्लङ्घन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकार १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई सोको जानकारी गराउन महानगरले भनेको छ ।

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ ।