एजेन्सी । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी गरेका छन् ।
पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका हुन् ।
पेन्सको दावीले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ।
मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।