काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गर्नुभएको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनवाइ हुदैँछ ।
राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता द्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गर्नुभएको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ।
सोही कदमको विरोधमा शुक्रवार दर्ता भएको रिटमा आज सुनवाइ हुन लागेको हो ।