Hotel Panchthar Nepco Media

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले आज धर्ना दिने

काठमाडौं। राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने भएको छ ।

यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो ।