काठमाडौँ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ ।
फिल्मले उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको उक्त उपलब्धि गर्न सफल भएको हो।
फिल्मले यो अवधिसम्म करिब १८ करोड रुपैयाँ कमाइ गरेको छ।
यो फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो ।