Hotel Panchthar Nepco Media

तीन दलका शीर्ष नेताहरूको बैठक : जलहरीबारे अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौँ । तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

पशुपतिनाथको जलहरीका विषयमा संसद्मा उठेको विवादपछि अवरुद्ध संसद् खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।

यो सहमतिसँगै आजै प्रधानमन्त्री प्रचण्डले संसद्मा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन सम्बोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएको छ ।