जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मत दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

जसपाले यो अध्यादेशमा सरकारलाई समर्थन नगर्ने भएपछि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारलाई नैतिक संकट पर्ने देखिएको छ ।

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जनाएको जसपाले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने समर्थन गर्ने बताएको छ।