कोशीटप्पुमा भेटिए ९ हजार भन्दा बढी चरा

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा भखरै गरिएको गणनामा विगतको तुलनामा यस वर्ष चराको संख्या बढेको हो ।

गत पुस २६ देखि माघ १ गतेसम्म मिडविन्टर वाटर वर्ड सेन्सर २०२५ अन्तर्गत आरक्षलगायत कोशी नदि क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेको केशी वन्यजन्तु आरक्ष कार्यायलले जनाएको छ ।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार गत वर्ष ५३ प्रजातिका ५ हजार ५ सय २७ चरा फेला परेका थिए । यस वर्ष गणना गर्दा सबैचभन्दा धेरै चखेवा जातका चरा १ हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुण, पानीचाहा, चित्रांगद र फुस्रो टिकटिके चरा एक एक वटा मात्रै फेला परेको हो । असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने कार्यालयले जनाएको छ ।