शानदार मःम पसलमा सिलिन्डर विस्फोट: घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको कमलपोखरीको सानदार मम आजा घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मम खाजा घरमा आगलागी हुँदा ११ जना घाइते भएका थिए। आगलागीमा गम्भीर घाइते भएर काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा हेटौँडा स्थायी घर भइ काठमाडौँ–२८ कमलपोखरी बस्ने वर्ष १८ का रविन राई र भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जनाए ।