ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने अनेरास्ववियुका नेता पक्राउ

काठमाडौं । नेपाल प्रहरीले डिउटीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । यही माघ २४ गते काठमाडौंको ठमेलमा सम्झाउन खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।