नक्कली प्रहरी भनेर ठगी गर्ने दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा प्रहरीको सिआईडी भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका जीवन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि.हौँ तपाईँको घर कोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको आस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारी बताए ।

पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।