रास्वपा वैकल्पिक शक्ति होइन : वरिष्ठ पत्रकार नेपाल

काठमाडौं ।वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक शक्तिको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

अष्ट्रेलिया भ्रमणमा रहेका वरिष्ठ पत्रकार नेपालले रास्वपाले पाएको जनमत आक्रोश मात्रै भएको टिप्पणी गरे। ‘जुन पार्टीको सभापति दुई देशको नागरिकता बोकेर पार्टी नेतृत्वदेखि गृहमन्त्रीसम्म हुन भ्याउँछ, त्यो कसरी वैकल्पिक शक्ति हुन सक्छ?,’ उनले लामिछानेप्रति संकेत गर्दै उनले भने । रवि लामिछानेले पाएको जनताको साथ आक्रोश मात्र हो, वैकल्पिक शक्ति होइन।’

अस्ट्रेलिया मेलबर्नका नेपालीहरुसँग वरिष्ठ पत्रकार नेपालले ५० वर्षे पत्रकारिता यात्राका बारे आफ्नो अनुभव साटे । उनले त्यहाँका नेपालीहरुसँग विगत र वर्तमान राजनीतिको समीक्षा समेत गरे । कार्यक्रममा अहिलेका राजनीतिक दलहरूबाटै नयाँ विचारको उदय हुने प्रष्ट उनले पारे । प्रमुख दलका नेताहरूले राजनीतिलाई व्यवसायको रुपमा बनाएको आरोप समेत लगाए । राजनीतिलाई व्यवसाय बनाउने नेताहरुबाट देशले निकास पाउन नसक्ने उनको दाबी थियो ।