‍कैलालीमा आमाछोरी मृत फेला

धनगढी । कैलालीमा आमा-छोरी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका( ११ गोठानमा बिहीबार साँझ आमा-छोरी मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहराका अनुसार मृत भेटिनेमा मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत भेटिएकी छन् । उनीहरु दुवै जना बिहीबार राति घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।