पूर्वाधार बैठकमा उर्जामन्त्री खड्का गएनन्

काठमाडौं । पूर्वाधार विकास समितिको बैठकमा ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङलाई आमन्त्रित भएपनि उपस्थित भने भएनन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठक बोलाइएको थियो ।

बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफलको कार्यसूची रहेको थियो । मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको र उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप उजुरीमा लगाइएको छ ।

समितिले बोलाएकै बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थगित हुन पुगेको छ ।